बाँके । बाँकेको नेपालगञ्जमा पहिलोपटक राष्ट्रिय स्तरको हाप्किडो च्याम्पियनसिप हुने भएको छ ।
आईतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक तथा केन्द्रिय सदस्य मोहसिन हलवाईले प्रतियोगिताको मिति सार्वजनीक गरेका हुन् ।
नेपालगञ्ज रंगशालामा सञ्चालन हुने प्रतियोगिता माघ २६ र २७ गते आयोजना हुनेछ ।
हलवाईले हाप्किडो खेललाई विश्वव्यापी मूल्य र मान्यता अनुसार बिकास तथा विस्तार गर्दै यस खेललाई जनजिवनको अभिन्न अङ्ग बनाउन शारीरिक मानसिक, बौद्धिक र नैतिक क्षमतायुक्त मानव साधनको विकास गरी खेललाई रोजागारमूलक व्यवसायको रुपमा स्थापित गर्ने उदेश्यले नेपालगञ्जमा पहिलोपटक राष्ट्रिय स्तरको हाप्किडो च्याम्पियनसिप गर्न लागेको बताए ।
हाप्किडो च्याम्पियनसिपमा सात वटै प्रदेश र नेपाल प्रहरीको स्कुल गरि ८ टिमका खेलाडीको सहभागिता रहने छ । प्रतिस्पर्धामा फाइटरतर्फ महिला र पुरुष दुबैमा ८-८ वटा तौल समूहमा प्रतिस्पर्धा रहने कार्यक्रम संयोजक हलवाईले बताए ।
च्याम्पियनसिपमा ४० केजि देखि ६८ केजि माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । आयोजकले च्याम्पियनसिपमा सहभागी हुन आउने सबै खेलाडी, प्रशिक्षक, रेफ्री, जज र निर्णयकको खान र बस्न खर्च व्यवहोर्ने जनाएको छ ।
आयोजकले च्याम्पियनसिप आयोजनाका लागि ६६ लाख खर्च लाग्ने अनुमान गरेको छ ।