काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले गरेको निर्णयकाविरुद्ध ए डिभिजन टोली थ्री स्टार क्लबको तीन अंक घटाउन एपीएफ क्लबले अपिल कमिटीमा उजुरी दिएको छ ।
ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबविरुद्धको खेलमा थ्री स्टार क्लबबाट दुई विदेशी खेलाडी विना भिसा खेल्दा पनि जरिवाना मात्र भएको भन्दै एपीएफले एन्फा कै अपिल कमिटीमा उजुरी दिएको हो ।
अनुशासन समितिको पुस १५ गते बसकेको बैठकले थ्री स्टार क्लब र विदेशी खेलाडीलाई ५० हजार रुपैया जरिवाना गराएको थियो ।
जसमा विदेशी खेलाडीलाई टिममा खेलाउँदा आफ्नो पक्षबाट पूर्ण रुपमा दाइत्व ननिभाएको भन्दै थ्री स्टारलाई ३ लाख जरिवाना बुझाउन एन्फा महासचिव किरण राईले पत्र पठाएका थिए ।
गत जेठ २८ गते दशरथ रंगशाालामा जावलाखेलविरुद्ध विजयी भएको थ्री स्टार क्लबको अंक घटाउन एपीएफले अपिल कमिटीमा दिएको उजुरीमा माग गरेको छ ।