काठमाडौं । गण्डकी प्रदेशले ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । बिहीबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले हराउँदै गण्डकी प्रदेश तेस्रो भएको हो ।
सुर्खेतस्थित खुल्लामञ्चको कोर्टमा पहिलो सेट २५–२२ को जित निकालेको गण्डकीले दोस्रो सेट भने गुमाउन पुग्यो ।
दोस्रो सेट आर्मीले २६–२४ को जित निकाल्यो । तेस्रो सेटमा गण्डकीले २६–२४ को जित निकाल्यो ।
चौथो सेटमा गण्डकीले २५–२२ ले जित्दै आफ्नो पक्षमा बनायो ।
प्रतियोगिता अन्तर्गत आज दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।