मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
  4. /
  5. पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

२०२३ डिसेम्बर २८, बिहिबारखेलपाटी संवाददाता

पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा । दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट पोखरामा सुरु भएको छ ।

कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपीएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लबका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । 

प्रतियोगिताका छैटौं वरियाताका एपीएफका देवराज रानाले सुन्सरीका गणेश बहादुर चम्लागाईलाई २१–१२ र २१–८ ले पराजित गर्दा पिएसविसीका विशान गुरुङले कास्कीका इशान खड्कालाई २१–१४ र २१–१५ ले पहिलो चरणको खेलमा पाखा लगाएका छन् ।

पुरुष सिंगल्सतर्फनै एपीएफका अनिल मल्लले देवीनगरका बविश थापालाई २१–१९, १५–२१ र २१–१२ ले पराजित गर्दा पाँचौ बरियाताका नेपाल पुलिसका सुनिल जोशी वाक आउटका आधारमा विजेता बने । 

एपीएफकै प्रम्भ सिम्खडाले कास्कीका अविराज शेरचनलाई १९–२१, २१–१२ र २१–१२ को सेटमा पराजित गरे भने देवीनगरका हेमन्त आयरले पिएसविसीका विवेक सुवेदीलाई २१–५ र २१–८ ले, एपीएफकै क्षितिज खनालले त्रिभुवन आर्मी क्लवका पविन लिङथेपलाई २१–८, २१–० ले, कास्कीका विधान अधिकारीले एपीएफका सुजन थापालाई २१–१९ र २१–११ ले, एपीएफका रोशन साउदले पिएसविसीका नितेश गुरुङलाई २१–११ र २१–९ ले, नेपाल पुलिस क्लबका पूर्ण बहादुर थापाले महोत्तरीका इशान झालाई २१–१२ र २१–८ ले तथा एपीएफका अरुण अधिकारीले सुनसरीका संगम गिरीलाई २१–१६ र २१–१८ ले पराजित गरेका छन् ।

ब्याइज यू १७ तर्फ भएको खेलमा कास्कीका देवेन फगामी, साइमान कार्की, अमृत थापा, र सनिश भण्डारी आ–आफ्नो खेल जित्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् । 

त्यस्तै, पिएसविसीका बसन्त पौडेल, कैलालीका आदित्य चौधरी, सुनसरीका संगम गिरी, एपीएफका प्रम्भ सिंम्खडा, कन्चनपुरका उदय चन्द, लाफा समुहका मनोज फौदार, पिएसविसीका सुन्दर विक, क्नचनपुरमा रेनिश धामी, म्याग्दीका डियन थापा, पिएसविसीका कृष्ण कार्की, कन्चनपुरका आशिष खत्री, म्याग्दीका दिवश पुन, सुन्सरीका ग्रिनेश घिमिरे र एपिएफका आरुष सिम्खडाले पहिलो चरणको खेल जितेका छन् ।

त्यस्तै यू १२ ब्याइज सिंगल्सतर्फ नेभोल एकेडेमीका दिनेश थापा, कन्चनपुरका उदय चन्द, कास्कीका सविन विक्रम पालिखे, चितवनका गाव्रियल लामा, नोवल एकेडेमीकै बाशुदेव जैशीले आ–आफ्नो खेल जितेको कास्की ब्याडमिन्टन संघले जनाएको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए । कास्की ब्याडमिन्टनले खेलकुद विकासका लागि गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा यस प्रकारका प्रतियोगिताहरुमा महानगरको सहकार्य रहने उनले प्रतिवद्धता जनाए ।

प्रतियोगिता अन्तर्गत कुल १२ वटा विभिन्न इभेन्टमा ४८ क्लब तथा जिल्लाका गरी ३ सय भन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको छ ।

पोखरा महानगर पालिकाको मुख्य प्रायोजनका सुरु भएको प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड पोखराले प्रबर्द्धन गरेको छ ।

प्रतियोगिता १४ गते सम्म सञ्चालन हुनेछ । बिजेतालो ट्रफी, नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

#पोखरा मेयर कप ब्याडमिन्टन
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bhat Bhateni
पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा