काठमाडौं । चीनमा नु चियाङ वाइल्ड वाटर क्यानोइङ इन्टरनेसल ओपनमा नेपालले सहभागिता जनाउने भएको छ ।
नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियागितामा भाग लिने टिमलाई बिदाई गरेका छन् ।
श्रेष्ठले नेपाली टिमका प्रशिक्षक युवराज अधिकारी तथा खेलाडीद्धय विकास गुरुङ र गणेश गुरुङलाई शुभकामनासहित विदाइ गरेका थिए ।
प्रतियोगिता नु चियाङको स्वायत्त प्रान्त युन नानमा पुस १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
एनओसीका अध्यक्ष श्रेष्ठले विदाइ कार्यक्रममा भने, 'तपाईहरुले प्रतियोगितामा शतप्रतिशत दिएर खेल्नुहोला र सफलता प्राप्त गर्नुहोला ।'
विदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस, नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, महासचिव सुदीप गौतम, कोषाध्यक्ष महेश थापा र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ उपस्थित थिए ।