शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

रसिला र प्रिन्स च्याम्पियन

शनिबार, ०७ पौष २०८०खेलपाटी संवाददाता
रसिला र प्रिन्स च्याम्पियन
Loading ad...
mustang rice ad


काठमाडौं । युवा ब्याडमिन्टन खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधि रक्षा गरेका छन् ।

ललितपुर लिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले दोश्रो संस्करणको उपाधि हात पारेका हुन् । 

महिला एकलतर्फ रसिलाले आफ्नो क्लब सेनाकै अनुमाया राईलाई २१–९, २१–१५ ले तथा प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१४, २१–१७ ले पराजित गरेका हुन् । 

महिलातर्फ पुलिसकी निता लम्साल र सेनाकी रेहना शेरचन तथा पुरुष तर्फ पुलिसका बिष्णु कटुवाल र जीवन आचार्य संयुक्त तेश्रो भए ।

पुरुष युगल शिर्ष २० बरियता बाहेकको उपाधि कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले उचाले । सो जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१–१२, २१–१४ ले पराजित गर्दै उपाधि उचालको हुन् ।

तेश्रो स्थानमा सेनका विवेक चौधरी र पविन लिनथेप तथा नरेन्द्र बम र हिमाल चन्द संयुक्त तेश्रो भए ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको यु – १७ पुरुष तर्फ सेनाका कविर केसीले सेनाकै अभय महरालाई २१–९, २१–४ ले पराजित गर्दै उपाधी हात पारे । तेश्रो स्थानमा गुल्मीका जेनिस शेरचन र सेनाका सुप्रिम पन्थ रहे ।

यस्तै महिला यु – १७ मा कास्कीकी दिलाशा रानालाई २१–१८, २१–१० ले पराजित गर्दै सेनाकी रेहाना शेरचनले उपाधि उचालिन् । तेश्रो स्थानमा ललितपुरकी श्रेया बज्राचार्य र टिशा रानी शाक्य रहे ।

पुरुष ४५ बर्ष माथिको युगलतर्फको खेलमा कास्कीका राजेश गुरुङ्ग र शम्भु कुमार श्रेष्ठको जोडीले कास्कीका डोल राज आले र कुस्माका प्रेम गुरुङ्गलाई २१–१९, २०–२२, २१–१३ ले पराजित गर्दै स्वर्ण हात पारे । पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी र चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडी संयुक्त तेश्रो भए ।

बिजयी खेलाडीलाई प्रमुख अतिथी ललितपुर महानगरापालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव बिरेन्द्र बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा पुरुष एकल र महिला एकलतर्फ बिजयी खेलाडीले नगद ४० हजार, उपविजेता खेलाडीले नगद २० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । तेश्रो स्थान प्राप्त गर्ने दुई खेलाडी प्रत्येकले नगद १० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । 

यसैगरि पुरुष युगलतर्फका विजयी जोडीले नगद ४० हजार, उपविजेता जोडीले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्ने प्रत्येक जोडीले नगद १० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यु—१७ छात्र-छात्रा तथा भेट्रान्स युगलतर्फका विजयी खेलाडीले नगद २० हजार, उपविजेताले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले नगद ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । प्रतियोगिताको खर्च करिव ३० लाख रहेको थियो ।

पाँच दिन सम्म संचालन भएको प्रतियोगितामा २ सय ६७ खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
 

Loading ad...
LiNing Ad
#रसिला र प्रिन्स च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी