शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

सेनाका प्रफुल र रसिला सेमिफाईलनमा

शुक्रबार, ०६ पौष २०८०खेलपाटी संवाददाता
सेनाका प्रफुल र रसिला सेमिफाईलनमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली सेनाका प्रफुल महर्जन र रसिला महर्जन दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् ।

पुरुष एकलमा प्रफुलले एपिएफका देवराज रानालाई २१–७, २१–६ ले र रसिलाले एपिएफकी सुनयना मुखियालाई २१–१२, २१–१० ले पराजित गर्दै सेमिमा प्रवेश गरेका हुन् ।

अब प्रफुलले फाईनल प्रवेशका लागि नेपाल पुलिसका बिष्णु कटुवालको सामना गर्ने भएका छन् । बिष्णुले सेनाका अभय महरालाई २१–११, २१–१५ मा पराजित गर्दै सेमिफाइनलमा प्रफुल संगको भेट पक्का गरेका हुन् । 

यस्तै रसिलाले फाईलन प्रवेशका लागि सेनाकी रेहना शेरचनसंग प्रतिस्पर्धा गर्नेछिन् । रेहनाले पोखरा ब्याडमिन्टन क्लबकी आयुश्मा नेपाललाई २१–१०, २१–१३ ले पराजित गरेकी हुन् ।

पुरुष एकलकै अर्को प्रतिस्पर्धामा नेपाल पुलिसका जीवन आचार्यले सेनाका रोशन साउदलाई २१–७, २१–१६ ले पराजित गर्दै सेमिफाईनलमा प्रिन्ससंगको भेट पक्का गरेका छन् । एपिएफका प्रिन्सले सेनाका डेभिड थापा मगरलाई २१–१४, २१–१० ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स कलबको सहआयोजनामा भएको प्रतियोगिताको महिला एकलतर्फको अर्को खेलमा सेनाकी अनुमाया राईले एपिएफकी रिना तामाङ्गलाई २१–८, २१–६ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरेकी छिन् । यस्तै नेपाल पुलिसकी निता लम्साल र कस्तुरी कलेजकी सिमा राजबंशीबीच भएको खेलमा निताले २१–१२, २१–१४ को जित हात पारिन् ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको यु-१७ पुरुष एकलतर्फ सेनाका सुप्रिम पन्थ, कविर केसी र अभय महरा तथा गुल्मीका जेनिश शेरचनले पनि सेमिफाईनलमा स्थान बनाए ।

सुप्रिमले नेपालगंजका राजेश बिसीलाई २१–१८, २१–१२, कविरले एपिएफका अरुण अधिकारीलाई २१–१७, २१–८, अभयले सेनाकै सुविन श्रेष्ठ बीलाई २१–१४, २२–२० ले तथा जेनिशले सेनाका सुविन श्रेष्ठ एलाई २१–१७, २१–१० ले पराजित गरेका हुन् ।

पुरुष ४५ बर्ष माथीको युगलमा कास्कीका राजेश गुरुङ्ग र शम्भु श्रेष्ठको जोडी, चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेल, पर्फेक्ट फिटनेश क्लबका संजय कपाली र अनिल थाम्सुहाङ्ग र कास्कीका डोल राज आले र कुश्माका प्रेम गुरुङ्गको जोडीले पनि सेमिफाईनलमा स्थान पक्का गरेका छन् ।

Loading ad...
LiNing Ad
#सेनाका प्रफुल र रसिला

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी