नखिपोट बास्केटबलमा गोल्डेनगेट सफल
शुक्रबार, मंसिर २९, २०८०खेलपाटी संवाददाता

काठमाडौं । गोल्डेनगेटले दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा जित हात पारेको छ ।
शुक्रबार गोल्डेनगेटले कीर्तिपुर ‘बी’ लाई ९४–३० ले सहजै पराजित गर्यो । गोल्डेनगेटका प्रज्ज्वल महर्जनले १९ अंक जोडे ।
पुरुषमै बलर्स एकेडेमीले आयोजक नखिपोट युथ क्लब ‘बी’ लाई ८४–७८ तथा कीर्तिपुर ‘ए’ ले टाइमआउटलाई ९८–६४ ले हराए ।
बलर्सका साहिल तमुले २३ तथा कीर्तिपुर ‘ए’ का जयदीपले ३६ स्कोर गरे ।
महिला यु–२३ मा बूढानीलकण्ठले कीर्तिपुरमाथि ५८–४० को जित दर्ता गर्यो । बूढानीलकण्ठकी रिन्चेन मोक्तानले १८ अंक जोडिन् ।
#गोल्डेनगेट सफल









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

