काठमाडौं । माधव खड्काको अध्यक्षमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको २९ औं साधारण सभाले खड्कालाई अध्यक्षमा निरन्तरता दिदै नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा गणेश केसी, सचिवमा अञ्जु श्रेष्ठ, सह सचिवमा मनोजकुमार खड्का र कोषाध्यक्षमा रघुबहादुर खड्का निर्वाचित भएका छन् ।
सदस्यहरुमा मनिदा शाही, रवी बोगटी, भिमसेन नमफुल र जयन्ती जोशी निर्वाचित भएका छन् ।
निर्वाचित भएपछि अध्यक्ष खड्काले चुनाव सकिएको अवस्थामा यसलाई हार र जीतको विषय नबनाएर संस्थाको प्रगतिका लागि सबै मिलेर एकजुट हुनुपर्ने बताएका थिए । खड्काले लामो इतिहास बोकेको संस्थाको हितमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
नेपालमा भलिबल खेलको विकास र प्रबद्र्धनमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले लामो समयदेखि काम गर्दै आएको छ । गौरवमय इतिहास बोकेको यस प्रशिक्षण केन्द्रले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नेपालका लागि भलिबल खेलाडी उत्पादन गर्दै आएको छ ।
अहिलेपनि केन्द्रमा नियमित भलिबल खेलको प्रशिक्षण हुँदै आएको छ ।
भलिबल खेलका कार्यक्रम आयोजनादेखि खेलाडीलाई नियमित प्रशिक्षण दिएर भलिबल खेलको विकासमा यस प्रशिक्षण केन्द्रले टेवा पुर्याउँदै आएको छ ।