शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपत्यकाको डाँडा घुम्ने 'मञ्जुश्री ट्रेल रेस' सुरु

शनिबार, २५ कार्तिक २०८०खेलपाटी संवाददाता
उपत्यकाको डाँडा घुम्ने 'मञ्जुश्री ट्रेल रेस' सुरु
Loading ad...
mustang rice ad

काठमाडौं । मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण शुक्रबार सुरू भएको छ ।

शुक्रबार बिहान काठमाडौंको दहचोकस्थित कालु पाँडे डाँडाको फरेस्ट क्याम्पबाट १ सय ७० किलोमिटरको दौड सुरू भएको हो ।

यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकको भनाई छ ।

मञ्जुश्री ट्रेल रेस अन्तर्गतको लामो दूरीमा सहभागी हुन नसक्ने धावकका लागि झुले, चापाखर्क र फर्पिङबाट क्रमश ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस स्पर्धा पनि समावेश छन् । सबै दौड दह चोकस्थित कालु पाँडे डाँडास्थित फरेस्ट क्याम्पमा साङ्गेतिक कार्यक्रमका बीच सम्पन्न हुनेछ ।

प्रतियोगिताका चार चरणमा गरि ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना धावकहरु सहभागी छन् । जसमध्ये ६९ जना पुरुष र १९ जना महिला छन् ।

ट्रेलमाण्डुको सहकार्यमा गैह्रनाफामुलक सँस्था 'मञ्जुश्री ट्रेल रेस'ले  कार्यक्रम आयोजना गरेको सँस्थाका अध्यक्ष सुबास थापाले जानकारी दिएका छन् । कार्यक्रमको ब्यवस्थापनमा आयोजक समितिका पदाधिकारी सहित ५० जना स्वयंसेवक खटिएका छन् ।

'ट्रेल रेसका लागि नेपाल विश्वमै उत्कृष्ट गन्तव्य हो, यसको अझै प्रचार र व्यवस्थापन हुन सके ट्रेल रेसको हबका रूपमा नेपाललाई विकास गर्न सकिन्छ ।' अन्तराष्ट्रिय क्षेत्रमा ट्रेल रेसको क्षेत्रमा लागि परेका जिम्मीले भनेका छन् ।

'नेपालमा प्रचुर सम्भावना भएर पनि ट्रेल रेसको कल्चर विस्तारै विकास हुँदै गइरहेको छ ।' रेस व्यवस्थापक महेश दाहाल भन्छन्, 'यस किसिमको प्रतियोगिताले नेपालमा रेस कल्चरको विकास गर्न र नेपाली धावकहरूलाई अन्तराष्ट्रिय स्तरमा प्रतिष्ठित ट्रेल रेसमा प्रतिष्पर्धा गर्नका लागि योग्य बन्न अभिप्रेरित गर्छ ।'

विभिन्न देशबाट यो कार्यक्रमकै लागि भनेर सहभागी आउनुले नेपालको ट्रेल रेस अन्तराष्ट्रिय जगतमा परिचित हुँदै गएको र राम्रो सम्भावना भएको पुष्टी गर्ने दाहाल बताउँछन् ।

नेपाल पर्यटन बोर्डका पब्लिक रिलेसन तथा पब्लिसिटी अफिसर सिताराम दाहाल नेपालमा फरक फरक खालका अनगिन्ती पर्यटकीय गन्तव्य भएको बताउँदै अन्तराष्ट्रिय क्षेत्रमा नेपालका ट्रेल रेसको प्रवर्द्धन गर्न सके थप पर्यटक आकर्षित गर्न सकिने धारणा राख्छन् ।

आयोजकका अनुसार १ सय ७० किलोमिटरको दौडमा पुरुष र महिलातर्फका विजेताले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विजरल्याण्डमा आयोजना हुने 'अल्ट्रा टुर मोन्टा रोस' युटिएमआरमा सहभागी हुने अवसर पाउनेछन् । सो अवसरमा उनीहरूको आर्थिक लगायत सम्पूर्ण व्यवस्थापनको सम्योजन मञ्जुश्री ट्रेल रेसले गर्नेछ ।  

बिजेताले नगद र प्रमाणपत्रसहित एड्भेन्चर गियर पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले बताएको छ ।

रेसको गत वर्षको सँस्करणमा ४२ जना नेपाली र ३१ जना बिदेशी सहभागी भएका थिए । नेपालका अर्जुन राईले ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा रेस पूरा गरेर प्रथम भएका थिए ।

विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् २०१६ मा यो रुट छिचोले ।  जिमि ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको वैकल्पिक रुटहरू सहित नक्साङ्कन गरेका थिए । बिभिन चरणमा विभिन्न ब्यक्तित्वको संलग्नतामा १ सय ७० किलोमिटर दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो ।

फ्रान्स स्थित विश्वभरका ट्रेल रेस आयोजकहरुको छाता सँस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन आइटिआरए र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने सँस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ ।

आइटिआरएको मापदण्ड अनुसारको मञ्जुश्री ट्रेल रेस पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अङ्क प्राप्त गर्छन् जुन आइटिआरए सम्बन्धित न्युनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।

यस अगाडि केही सहभागीले २ दिनमा र केहीले ३ दिनमा दौड पूरा गर्ने गरेको थापाले जानकारी दिए । सुबिधा सम्पन्न राजधानी र अन्तर्राष्ट्रिय एयरपोर्टको नजिक यो जस्तो उत्कृष्ट ट्रेल रेसको रुट अन्य मुलुकमा सायदै भएको आयोजकको भनाइ छ ।

ट्रेल रेसको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत मन्जुश्री ट्रेल रेस प्रतिष्ठित मानिन्छ । मञ्जुश्री काठमाडौँको ऐतिहासिकतासँग जोडिएको नाम हो। पहिले काठमाडौं उपत्यकामा रहेको पानीलाई मञ्जुश्रीले बगाएर बस्न योग्य बनाएको किम्बदन्ती छ ।

मन्जुश्री ट्रेल रेसको रुट काठमाडौँ उपत्यकालाई घेरेका पहाडहरूको डाँडैडाँडा भएर तयार गरिएको छ । 

चोभारको डाँडा काटेर मन्जुश्रीले काठमाडौँ उपत्यका बनाउन अगाडि अवलोकन गर्दा हिडेको बाटो अझ भनौं मन्जुश्रीको पदचाप पछ्याउँदै ट्रेल रेसको रुट बनाइएको छ ।

आयोजकका अनुसार दौडको रुटमा १९ चेक पोइन्ट रहेको छ । 

कालु पाँडे डाँडाबाट सुरू भएको रुट रामकोट, जामाचोक, तीनपिपले, गोर्जे भन्ज्याङ, शिवपुरी पिक, चिसापानी, जर्सिङ पौवा,  नगरकोट, नालागुम्बा, साँगा, रानीकोट, लाकुरी भन्ज्याङ, फुल्चोकी, लेले, बागमती खोला, फर्पिङ, हात्तीवन, चन्द्रागिरि, चित्लाङ हुँदै पुनः कालु पाँडे डाँडामा नै पुगेर फरेस्ट क्याम्पमा सांगीतिक प्रस्तुति सहित समापन हुने कार्यक्रम छ ।

मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामिण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी सहासिक खेल पर्यटकका लागि आकर्षण बनेको छ ।

हिमालय शृङ्खला, काठमाडौं उपत्यका, जंगल, पहाड, गोरेटोका दृश्यअवलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।

Loading ad...
LiNing Ad
#'मञ्जुश्री ट्रेल रेस' सुरू

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध