काठमाडौ । काभा पुरुष भलिबल च्यालेन्जमा नेपालले आज शनिबार उज्वेकिस्तानसँग खेल्दैछ ।
कोलम्बोको सुगथदसा इन्डोर हलमा नेपालले लिग चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।
शुक्रबार साउदी अरबसँग पराजित भएपछि फाइनल पुग्न असफल बनेको नेपालको काँस्य पदकको सम्भावना रहेको छ । फाइनलमा पुगेको उज्वेकिस्तानसँगको भिडन्त नेपालका लागि कठिन परिक्षा हो ।
लिग चरणको पहिलो खेलमा बंगलादेशलाई हराएर शानदार सुरुआत गरेको नेपाल दोस्रो खेलमा आयोजक श्रीलंकासँग सोझो सेटमा हारेको थियो ।
तेस्रो सेटमा अफगानिस्तानलाई हराएको नेपाल चौथों खेलमा साउदी अरबसँग टक्करको खेलमा हारेको थियो ।
चौथों खेल साउदीसँग गुमाएको नेपालले अब काँस्य पदक जित्न सक्ने सम्भावना छ । उसले त्यसका लागि लिग चरणमा हराएको अफगानिस्तानलाई पराजित गर्नुपर्नेछ ।
एसियन गेम्समा सहभागी भएर नेपाली भलिबल टिम काभा च्यालेन्ज खेल्न श्रीलंकामा रहेको छ ।