काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्जमा साउदी अरबसँग नेपाल पराजित भएको छ ।
कोलम्बोमा भएको लिग चरणको आफ्नो चौथों खेलमा नेपालको पुरुष भलिबल टिम साउदीसँग ३–२ को सेटमा हारेको हो ।
पहिलो सेट २२–२५ ले हारेको नेपालले दोस्रो खेल २५–२१ ले जित्दै खेलमा पुनरामगन गरेको थियो । तेस्रो सेट २३–२५ ले गुमाएको नेपालले चौथों सेटमा २७–२५ को प्रतिस्पर्धात्मक जित निकाल्दै खेललाई चौथों सेटसम्म पुर्याएको थियो ।
कडा टक्करको अन्तिम सेटमा साउदीले नेपाललाई १५–१४ को स्कोरमा हरायो ।
फाइनल पुग्न साउदीबिरुद्धको खेल नेपालका लागि महत्वपुर्ण रहेको थियो ।
नेपालले पहिलो खेलमा बंगलादेशलाई हराएर प्रतियोगिताको शानदार सुरुआत गरेको थियो । दोस्रो खेलमा श्रीलंकासँग सोझो सेटमा पराजित बनेपनि नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो ।
एसियन गेम्समा सहभागी भएर नेपालको राष्ट्रिय पुरुष भलिबल टिम श्रीलंका भ्रमणमा रहेको छ ।