नेपालको महिला भलिबल हङकङसँग पराजित
शुक्रबार, असोज १९, २०८०खेलपाटी संवाददाता
काठमाडौं । एसियन गेम्सको महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ ।
नवौँ देखि १२ औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भयो ।
हाङझाव नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा हङकङले नेपाललाई २५–२२, २५–१६, २५–१८ ले पराजित ग¥यो ।
नेपालको यो चौथो हार हो । समूह चरणमा नेपाल भियतनाम र दक्षिण कवरियासँग समान ३–० को नतिजमा पराजित भएको थियो । त्यसपछि क्लासिफिकेसन म्याचमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा चुकेको थियो ।
अब नेपालले ११औं स्थानको लागि मंगोलियासँग खेल्ने छ । सो खेल शनिबार खेल्नेछ ।
मंगोलिया शुक्रबार भारतसँग ३–० को सेटमा पराजित भएको थियो । एसियाडको भलिबलमा नेपाली महिला टोलीले पहिलो पटक सहभागिता जनाएको हो ।
#महिला भलिबल टिम हङकङ









-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


