काठमाडौं । एसियन गेम्स अन्तर्गत महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपाल ३–१ ले पराजित भएको छ ।
बुधबार हाङझाव नर्मल युनिभर्सिटी कानक्विन जिम्न्याजिमा भारतले नेपाललाई २५–३३, २६–२८, २५–२३ र २५–१७ को सेटमा पराजित ग¥यो ।
नेपाल प्रतियोगिताबाट बाहिरिए पनि शीर्ष आठ बाहेकका बाँकी स्थान छुट्याउनको लागि पनि खेल हुने भएको हुँदा नेपाली महिला टोलीले अरु खेल खेल्ने मौका पाएको हो ।
समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासंग समान ३–० को सोझो सेटमा पछि परेको थियो ।
भारतसँग पराजित भएपछि नेपालले ९ देखि १२ औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ ।
हङकङलाई पराजित गरेमा नेपालले नवौं स्थानको लागि अर्को खेल खेल्नेछ । नेपाल पराजित भएमा ११ औं स्थानका लागि अन्तिम खेल खेल्नेछ ।