काठमाडौं । एसियन गेम्सको भारोत्तोलन अन्तर्गत समूह ‘बी’ को महिला ६४ केजीमा नेपालकी सारदा चौधरीले स्न्याचमा ७० तथा क्लिन एन्ड जर्कमा ८८ केजी गरी जम्मा १५८ केजी भार वहन गरिन् ।
आफ्नो समूहमा सारदा पाँचौं स्थानमा रहिन् ।
स्न्याचमा सारदाले पहिलो लिफ्टमा ७० केजी र तेश्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरेपनि सफल भइनन् ।
सारदाले क्लिन एन्ड जर्कमा उठाएको ८८ केजी पहिलो लिफ्टमा हो । सारदाले क्लिन एन्ड जर्ककै दोश्रो र तेश्रो लिफ्टमा समान ९४–९४ केजी भार वहन गर्ने प्रयास सफल भएन ।
यसैसंगै भारतोलनमा नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम लागेको छ । यसअघि टीकामाया गुरुङले प्रतिस्पर्धा गरेका थिइन् ।
पुरुष खेलाडी विशालसिंह विष्ट, विकास भट्ट र सागर भण्डारीले चुनौती प्रस्तुत गर्न बाँकी छ ।