कबड्डीमा नेपाल पदकको नजिक
सोमबार, १५ आश्विन २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसियन गेम्समा नेपालको महिला कबड्डी टिम पदकको नजिक देखिएको छ ।
समूह चरणको खेलमा सोमबार बंगलादेशलाई हराउँदै नेपालले एसियन गेम्समा कम्तिमा काँस्य पदकको नजिक देखिएको हो ।
सोमबार नेपालको महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ अंकले पराजित गर्यो ।
बंगलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । स्वर्णको बलियो प्रत्यासी इरानसँग बंगलादेशले जित निकाल्न निकै कठिन देखिन्छ ।
नेपाल समूह चरणको पहिलो खेलमा इरानसँग हारेको थियो ।
एसियन गेम्समा एउटा पदकका लागि संघर्ष गरिरहेको नेपाललाई कबड्डी टिमले कम्तिमा काँस्य पदकको नजिक पुर्याएको छ ।






%20(2)-1765947464452.png&w=3840&q=75)



-1766318481555.jpeg&w=3840&q=75)

-1766305902285.jpeg&w=3840&q=75)

-1766281833800.webp&w=3840&q=75)