काठमाडौं । एसियन गेम्सको महिला ह्यान्डबलमा नेपालको चुनौती समाप्त भएको छ ।
शनिबार समूह ‘बी’ को तेश्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित ग¥यो ।
नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे ।
समूह चरणको पहिलो खेलमा नेपाल चीनसंग ५७–१० तथा जापानसंग ६२–१० ले हारेको थियो ।