काठमाडौं । एसियन गेम्सको महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल समूह चरणको सबै खेलमा पराजित भएको छ ।
जिओग्राफिक इन्फर्मेसन पार्क बास्केटबल कोर्टमा शुक्रबार समूह ‘बी’ को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग २२–२ को फराकिलो अन्तरले पराजित भयो ।
नेपालले प्रतियोगितामा सबैभन्दा कम स्कोर यही खेलमा ग¥यो । नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले समान एक स्कोर गरे ।
यसअघि नै जापान र कजाखस्तानसँग पराजित भएको नेपाल लगातार तेस्रो हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपाल पहिलो खेलमा जापानसँग २२–४ तथा दोस्रो खेलमा कजाखस्तानसँग नेपाल १७–१० ले पराजित भएको थियो ।
ह्यान्डबल :
एसियाडको ह्यान्डबलमा नेपाली महिला टोलीले हङकङसँग समूह ‘बी’ को खेलमा २७–१८ ले पराजित भयो । नेपालले हङकङलाई पहिलो हाफमा रोक्न सकेन ।
हङकङले पूर्ण रुपमा खेल नियन्त्रण राख्दा नेपालविरुद्ध १४–६ को प्रदर्शन ग¥यो । दोस्रो हाफमा नेपाली महिला खेलाडीले गतिलो प्रदर्शन मात्र गरेन, हङकङलाई कडा चुनौति पनि दिएको थियो ।
दोश्रो हाफमा नेपालले १३–१२ को अग्रता लिएपनि जितका लागि पर्याप्त भए ।