काठमाडौं । राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा बिकिन जोशी र सबिता ह्यान्जु सर्वाेत्कृष्ट खेलाडी घाेषित भएका छन् ।
नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सले पिन्टोला नेपालको मुख्य प्रायोजनामा असोज ८ र ९ गते काठमाडौंस्थित छाया सेन्टरमा आयोजना भएको प्रतियोगितामा बिकिन र सबिताले सर्वाेत्कृष्ट खेलाडीकाे उपाधि जितेका हुन् ।
प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स गरि ४ वटा विधा अन्तर्गतको विभिन्न ११ वटा समुहमा आधारित खेल गराइएको थियो ।
जसमा पुरुषतर्फ बाट बिकिन जोशी र महिला तर्फबाट सबिता ह्यान्जु प्रतियोगिताको सर्वोत्कृष्ट घोषित भए ।
पुरुष खुल्ला अन्तर्गत ६२ केजी तौल समूह मुनिको खेलमा निमेष चुकान, बल बहादुर सुनार र दिनेश सिख्राकर, ६२.१–६९ केजी तौल समुहको खेलमा बिकिन जोशी, बिक्रम थापा र बिकास गुरुङ्ग, ६९.१– ७७ केजी तौल समुहमा रबिन राई, विजु लामा र विजय प्रजापति, ७७.१–८५ केजी तौल समुहमा विकेस श्रेष्ठ, राजिब श्रेष्ठ र अर्जुन श्रेष्ठ र ८५ केजीमाथिको तौल समुहमा ओजस जोशी, मनोज श्रेष्ठ र मनिष शाक्यले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।
महिला खुल्ला अन्तर्गत ५८ केजी तौल समुहमा सबिता ह्यान्जु, आश्मा श्रेष्ठ र नेहा रय, ५८.१–६४ केजी तौल समुहमा पुनम बोम्जन, एन्नि दर्जि र एलि लिम्बू, ६४ केजीमाथिको तौल समुहमा शर्मिला शाह, जुनु महर्जन र मनु कला राइले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।
यस्तै, जुनियर अन्तर्गत २१ वर्ष मुनिको उमेर समुहबीचमा जेम्स(बिप्लव), राजिव खड्का र सुधीर श्रेष्ठले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।
मास्टर्स पुरुष ४५ वर्षमाथिको उमेर समुहमा तारा बहादुर थापा क्षेत्री, रोशन मानन्धर र दिलेन्द्र महर्जनले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।
मास्टर्स महिला ४० वर्षमाथिको उमेर समुहमा लक्ष्मी महर्जन, पुजा प्रधान र माया मगरले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।
प्रतिस्पर्धामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स अन्तर्गतको प्रत्येक समुहको खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल समुहगत विजेता खेलाडीमा प्रथम स्थान हासिल गर्नेलाई १५ हजार, दोस्रो स्थान हासिल गर्नेलाई १० हजार र तेस्रो स्थान हासिल गर्नेलाई ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरुषतर्फ बिकिन जोशी र महिलातर्फ सबिता ह्यान्जुलाई समान ३७ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो ।
वल्र्ड पावरलिफ्टिङ्गको सम्बद्धतामा नेपालमा पावरलिफ्टिङ्ग खेल जगतको इतिहासमै पहिलो पटक देशभरबाट १ सय ६४ खेलाडी दुई दिवसीय प्रतियोगितामा सहभागी भएका थिए ।
नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक अध्यक्ष सुकदेव कार्कीको अध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथिमा गगन कुमार थापा रहेका थिए ।
कार्यक्रमकोे विशिस्ट अतिथी पिन्टोला नेपालका संचालक तथा उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य प्रेमहरी मैनाली, नेपाल सेनाका पुर्व प्रधान सेनापती गौरव शमशेर ज.ब.रा, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष श्री बिजय लाल कायस्थ, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेश राजभण्डारी, नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, नेपाल भारत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस, काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्री सुरेश सुबेदी, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय सदस्य बाबु काजी मानन्धर, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि राजेश श्रेष्ठ, अशोक फिटनेसका संचालक अशोक शाही र अभिसेस शाही, स्ट्यान्डर्ड फेसनका संचालक अनिस महर्जन, पोशिलो फुड्सका संचालक पृथ्वी कल्याण पराजुली, ब्यागर्स नेपालका संचालक सबिन लामीछाने लगायतको उपस्थिती रहेको थियो ।