काठमाडौं । नेपालको राष्ट्रिय महिला भलिबल टिम चीन प्रस्थान गरेको छ । एसियन गेम्समा सहभागीता जनाउन नेपाली टिम चीन लागेको हो ।
नेपालको महिला भलिबल टिमले एसियाली खेलकुदमा पहिलो पटक सहभागीता जनाउन लागेको हो ।
नेपाल प्रतियोगिताको समूह सीमा रहेको छ । नेपाल रहेको समूह सीमा दक्षिण कोरिया र भियतनाम समावेश छन् ।
समूहका शीर्ष दुई टिम शीर्ष ८ मा छनोट हुनेछन् । तेस्रो र चौथों टिम नवौंदेखि १३ स्थानमा झर्नेछन् ।
नेपाली टिममा कप्तान अरुणा शाही सहित प्रतिभा माली, उषा भण्डारी, निरुता ठगुन्ना, पुनम चन्द, कविता भट्ट, संगम महतो, सफिया पुन, कामना विष्ट, सलिना श्रेष्ठ, सरस्वती चौधरी, जानकारी भण्डारी छन् ।
नेपाली टिमका प्रशिक्षक यान दी ब्रान्त, जगदिश भट्ट छन् ।
नेपालको पुरुष भलिबल टिम इरान र बहराइनसँग पराजित हुँदै यसअघिनै बाहिरिसकेको छ ।