काठमाडौं । एसियाली खेलकुदको महिला यु–२३ थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ ।
डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ ले पराजित ग¥यो ।
नेपालका लागि मिना गुरुङ र गरिशा सिलवालले समान २–२ स्कोर गरे । नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन् ।
समूह ‘बी’ मा चाइनिज ताइपेईं र काजाकिस्तान पनि छन् । नेपालले बुधबार काजाकिस्तानसंग तथा ताइपेईंसंग शुक्रबार प्रतिस्पर्धा गर्ने छ ।