काठमाडौं । पहिलो संस्करणको तारकेश्वर मेयर कप ब्याटमिन्टन प्रतियोगिताको उपाधि डेबिड थापामगर र बिवेक चौधरीको जोडीले जितेको छ ।
आज सम्पन्न प्रतियोगितामा ससिन डंगोल र सुमन शाक्यको जोडीलाई हराउँदै थापा मगर र चौधरीको जोडिले उपाधि जितेको हो । त्यस्तै अनिल मल्ल र नरेन्द्र बमको जोडी तेस्रो भयो ।
दुई वर्गमा बिभाजन गराएर खेलाइएको प्रतियोगितामा ‘बी’ वर्गतर्फको पहिलो हुने जोडीले ५० हजार रुपैया पाउँदा दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार प्राप्त गरे ।
धर्मस्थली ब्याटमिन्टन एसोसियनसनले आयोजना गरेको प्रतियोगितामा दुई वर्गमा १०३ जना खेलाडीले सहभागिता जनाएका थिए ।
त्यस्तै ‘सी’ वर्गतर्फ टंक प्रसाद जुग्जाली र प्रवेश मगरको जोडी प्रथम भयो । त्यस्तै लोक लामा र कुमार बिकको जोडी दोस्रो हुँदा लक्ष्मण सुनुवार र प्रविन सुनुवारको जोडी तेस्रो भयो ।
‘सी’ वर्गतर्फ प्रथम हुनेले ३० हजार प्राप्त गर्दा दोस्रो हुनेले १५ हजार र तेस्रो हुने जोडीले १० हजार प्राप्त गरे । धर्मस्थली ब्याडमिन्टन एशोसियसनको आयोजनामा भएको प्रतियोगिता आठ दिनसम्म चलेको थियो ।
प्रतियोगिताको समापन गर्दै तारकेश्वर नगरपालिकाका मयेर श्री कृष्ण महर्जनले यस्तो प्रतियोयगिता आगामि दिनमा पनि गर्ने बताएका छन् ।
यता धर्मस्थली ब्याटमिन्टनका अध्यक्ष विजय श्रेष्ठले यस्तो खाले प्रतियोगिता आयोजनागर्ने मौका दिएकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गरे ।
प्रतियोगिताको मुख्य प्रयाजकमा नेपाल एस.वि, आई बैंक र राष्ट्रिय बाणिज्य बैंक रहेको थियो । भने सह प्रायोजकमा कृषि विकास बैंक रहेको थियो ।