सदस्य–सचिव घिसिङ झण्डोत्तोलनमा सहभागी
शुक्रबार, असोज ५, २०८०खेलपाटी संवाददाता
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ हाङझावस्थित एथलिथ भिलेजमा आयोजित झण्डोत्तोलन कार्यक्रममा सहभागी भएका छन् ।
१९ औं एसियाली खेलकुदको चिफ दि मिसन समेत रहेका घिसिङ झण्डोत्तोलन कार्यक्रममा सहभागी भएका हुन् ।
सो अवसरमा एसियाडमा सहभागी नेपालसहित ४५ राष्ट्रका प्रतिनिधि, खेलाडीको उपस्थितिमा आ–आफ्नो राष्ट्रका राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ र आयोजकका प्रतिनिधिबीच मायाको चिनो आदान–प्रदान गरिएको थियो ।
नेपालले एसियन गेम्समा २९ खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा सहभागी हुन अधिकांश खेलाडी चीन पुगेका छन् ।
#सदस्य–सचिव घिसिङ









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

