काठमाडौं । वीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल गणतान्त्रिक खेलकुद महासंघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगिता आगामी असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्ट्स ट्रेनिङ्ग सेन्टरमा हुनेछ ।
वीरजंग नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य थिए । उनकै सम्झनामा नेपाल गणतान्त्रिक खेलकुद महासंघले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
‘आजीवन क्रान्तिका लागि तत्पर रहनुहुने एक क्रान्तिकारी योद्धा वीरजंगको स्मृतिमा प्रतियोगिता आयोजना गर्न गइरहेका छौं ।’ महासंघका महासचिव विनोद चन्दले भने ।
नयाँ प्रतिभाको खोजी एवं विकासमा जोड दिने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।
प्रतियोगिताको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको बताइएको छ ।
महासंघका अध्यक्ष जयनन्द चन्दले खेलाडीको व्यक्तिगत जीवनमा पनि सहयोग पुगोस् भन्ने उद्धेश्यले पुरस्कार बढाएर राखेको बताए ।
प्रतियोगिताको प्रथम पुरस्कार पाँच लाख, द्धितीय पुरस्कार दुई लाख ५० हजार, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको महासंघले जनाएको छ ।
साथै, उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट स्पाईकर, बलर, सेटर, सर्भर, डिफेन्डर र क्वीकरलाई जनही पाँच÷पाँच हजार पुरस्कारको व्यवस्था रहेको महासंघले जनाएको छ ।
सो प्रतियोगिताको जम्मा पुरस्कार राशी ९ लाख ५० हजार रुपैयाँ रहेको छ ।