काठमाडौं । १९ औं एसियाली खेलकुद अन्तर्गतको पुरुष भलिबलमा नेपाल इरानसँग पराजित भएको छ ।
लगातार दोस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा जित बिहिन रुपमा बाहिरिएको छ ।
नेपाल आफ्नो पहिलो खेलमा मंगलबार बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो ।
चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा नेपाल ३-० को साझो सेटमा पराजित भएको थियो ।
नेपाल २५-९, २५-१५ र २५-१३ को सेटमा पराजित भयो ।