उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल हुने
बुधबार, भदौ २७, २०८०खेलपाटी संवाददाता

कीर्तिपुर । तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ।
पुष्पसदन स्कुल कीर्तिपुरले आयोजना गर्ने प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स (३×३) तर्फ २४ टिम गरी जम्मा २५ विद्यालय भिड्नेछन् ।
बुधबार विभिन्न सहभागी विद्यालयका प्रतिनिधिहरूको रोहवरमा 'टाइसिट ड्र' भएको छ ।
भदौ २९ गतेदेखि असोज ८ गतेसम्म लिग कम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ ।
प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

