काठमाडौं । काठमाडौंमा आज सम्पन्न दोस्रो किंग्स कप विजेता किंग्स क्लबका कप्तान सन्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । शाहले ८ हजार रुपैया र शिल्ड पाएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ ले हराउदै किंग्स च्याम्पियन बनेको थियो । व्यक्तिगत विधामा पनि च्याम्पियन बनेको किंग्स क्लबका खेलाडीले नै वर्चश्व जमाएको छ ।
किंग्सका नै रेशम छन्त्याल उत्कृष्ट स्पाइकर, बलराम गुरुङ उत्कृष्ट सेटर, मनोज श्रेष्ठ उत्कृष्ट ब्लकर र अमृत केसी उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।
पुलिसका हरि थापा उत्कृष्ट सर्भर, पुलिसका नै नारायण सिन्जाली उत्कृष्ट लिवेरो र पुलिसकै पहल गहतराज उदियमान खेलाडी चुनिएका छन् ।
व्यक्तिगत विधाका सबै उत्कृष्टले समान ३/३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
विजयी टोली तथा खेलाडीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, आयोजक किङ्सका अध्यक्ष अञ्चल शाही लगायतले पुरस्कृत गरेका थिए ।
२३ साउनबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।