काठमाडौं । दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
बिहीबार सम्पन्न समूह चरणका खेल पश्चात सेमिफाइनलमा पुग्ने चार टोलीको समिकरण स्पष्ट भएको हो ।
समूह चरणको खेल पश्चात समूह ए मा आयोजक किंग्स क्लब र गण्डकी प्रदेश तथा समूह बी बाट विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपीएफ क्लबले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
खराब प्रकाशका कारण बुधबार रोकिएको नेपाल पुलिस र नेपाल एपीएफबीचको खेल आज पहिलो खेलका रुपमा भएको थियो । यस खेलमा एपीएफले ३-२ को सेटमा जित हात पार्यो । एपीएफले २५-१०, १५-२५, १५-२५, १८-२५ तथा १०-१५ ले जित हात पारेको थियो ।
दोस्रो खेलमा कोशी प्रदेशले पहिलो जित दर्ता गर्ने क्रममा गणतान्त्रिक महासंघ नेपाललाई ३-२ सेटमा पराजित गर्यो ।
कोशी २२-२५,२५-२३, १८-२५,२५-१८ तथा १५-१२ को सेटमा विजयी भएको थियो ।
आज भएको तेस्रो खेलमा अपराजित रुपमा समूह चरण सकाएको गन्डकी प्रदेशले खोटाङलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
गन्डकीले २५-१७, २५-१५ र २५-१३ को अन्तरमा जित हात पारेको थियो ।
आजको चौथो खेलमा पुलिस खोटाङलाई ३-० को सोझो सेटमा पराजित गर्यो । पुलिसले २५-२१, २५-१५ र २५-२० को अन्तरमा जित हात पार्यो ।
आजको पाँचौ खेलमा आयोजक किंग्स क्लबले जीएम समाजलाई ३-० को सोझो सेटमा पराजित गर्यो । किंग्सले २५-२०, २५-१९ र २५-२० को अन्तरमा जित हात पार्यो ।
आजको अन्तिम खेलमा नेपाल एपीएफ क्लबले नेपाल गणतान्त्रिक महासंघलाई ३-२ को सेटमा पराजित गर्यो । एपीएफले १६-२५, २५-१३, २१-२५, २५-१६ र १५-१० को अन्तरले जित हात पार्यो ।
शुक्रबार बिहान साढे ११ मा हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता गन्डकी प्रदेश र समूह बी को उपविजेता नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।
दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेता नेपाल एपीएफ क्लब तथा समूह ए को उपविजेता किंग्स क्लबबीच दिउँसो साढे २ मा दोस्रो सेमिफाइनल खेल हुनेछ ।
प्रतियोगितामा ८ वटा टोलीको सहभागीता रहने छ । सहभागी टोलीलाई समूह ए र बी मा विभाजन गरिएको छ ।
समूह ए मा आयोजक किंग्स क्लब सहित खोटाङ नेशनल युवा संघ, गण्डकी प्रदेश र जीएम समाज रहेका छन् ।
यस्तै समूह बी मा विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपीएफ क्लब तथा कोशी प्रदेश र नेपाल गणतान्त्रिक महासंघ रहेका छन् ।
प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने छन् ।
नेपाल भलिबल संघको स्विकृतीमा भएको यस प्रतियोगितामा संघले प्राविधिक सहयोग प्रदान गर्नेछ ।
प्रतियोगिताको अनुमानित बजेट १७ लाख रहेको छ । आयोजक क्लबका महासचिव लक्ष्मण काप्रीका अनुसार पुरस्कार तर्फ मात्र ४ लाख रकम खर्च हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्ने छ । तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउँने छ । हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउँने छ ।
प्रतियोगिताका सबै खेल नयाँ बसपार्कमा रहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ ।