काठमाडौं । राष्ट्रिय बास्केटबल लिग एनबिएलको पहिलो संस्करण खेल्ने क्लबहरुको घोषणा भएको छ ।
नेपाल बास्केटबल संघ नेबाका अध्यक्ष भीमसिंह गुरुङको उपस्थितिमा बुधबार राष्ट्रिय बास्केटबल लिग एनबिएलको पहिलो संस्करण खेल्ने टिमको घोषण भएको हो ।
प्रथम संस्करणमा कुल आठ टिम सहभागि हुनेछन् ।
सहभागि टिमहरुमा विशाल मिलन केन्द्र, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउन्ड्स एकेडेमि, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स क्लब, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लब रहेका छन् ।
बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत श्री शिशिर पछाई, डिजि फ्लाईका सिइओ उकेश लोहनीले सम्पुर्ण सहभागि क्लबका प्रतिनिधिलाई सम्मान गर्दै लिगमा उत्कृष्ट प्रर्दशनको लागि शुभकामना समेत दिएका थिए ।
नेपाल बास्केटबल संघको स्वीकृतिमा कान्तिपुर टेलिभिजन नेटवर्क र डिजि फ्लाइको संंयुक्त सहकार्यमा लिगको आयोजना गरिएको हो ।
लिगका सम्पुर्ण खेलहरु कान्तिपुर टेलिभिजन एचडि, कान्तिपुर सिनेप्लेक्स र कान्तिपुर टेलिभिनजको आधिकारिक युट्युव च्यानलमा प्रशारित हुनेछन् भने मार्केटिङ समेत कान्तिपुर टेलिभिजन नेटवर्कले गर्नछ ।