काठमाडौं । आयोजक अष्ट्रेलियाले फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुआत गरेको छ ।
स्टेडियम अष्ट्रेलियामा बिहीबार भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई १-० गोल अन्तरले हराउँदै घरेलु टोलीले सुखद सुरुआत गरेको हो ।
अष्ट्रेलियाको जितमा स्टेफनी क्याटलीले निर्णायक गोल गरिन् । क्याटलीले खेलको ५२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरिन् ।
जितसँगै समूह 'बी' को अष्ट्रेलियाले तीन अंक जोडेको छ । आयरल्याण्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
यस अघि उद्घाटन खेलमा अर्को आयोजक न्युजिल्याण्डले नर्वेलाई १-० ले हराएर विजयी सुरुआत गरिसकेको छ ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा जारी विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।