एपिएफलाई हराउदै पुलिस च्याम्पियन
शनिबार, असार ३०, २०८०खेलपाटी संवाददाता

काठमाडौ । सातौं संस्करणको महिला तथा पुरुष एनभिए क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
शनिबार भएको फाइनल खेलमा विभागीय डर्वीमा पुलिसले एपिएफलाई पराजित गर्दै उपाधि जितेको हो।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड भएको खेलमा पुलिसले एपिएफलाई सेटमा पराजित गरेको हो।
एपिएफविरुद्ध पुलिसले पहिलो सेट २५-१२ ले जित्दा दोस्रो सेट २१-२५ ले गुमाएको थियो। त्यस्तै तेस्रो सेट पुलिसले २५-२३ ले जित्यो। त्यस्तै चौथो सेट २५-१९ ले जित्दै पुलिस च्याम्पियन बनेको हो ।
प्रतियोगितामा पुलिस अपराजित बन्दै च्याम्पियन बनेको छ। उपाधि सहित पुलिसले ६ लाख रुपैयाँ नगद जितेको छ । उपविजेता बनेको एपीएफले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।














-1762660030983.webp&w=3840&q=75)

