काठमाडौं । नेपाल पुलिस क्लबका महिला र पुरुष दुवै टोली सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको फाईनल प्रवेश गरेका छन् ।
नेपाल भलिबल संघको आयोजनामा भएको लिगको महिलातर्फको शुक्रबारको अन्तिम खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाईनलको अविजित यात्रा तय गरेको हो ।
पुलिसले डायमन्डलाई २५–२०, २५–१४, २५–१७ ले पराजित गरेको हो । यस जितका साथ पुलिसले आफ्ना पाँचै खेल जित्दै १५ अंकका साथ पहिलो स्थान प्राप्त ग¥यो । पुलिसले उपाधीका लागि एपिएफको सामना गर्नेछ । एपिएफ ११ अंकका साथ दोश्रो स्थानमा छ ।
शनिबारै सम्पन्न महिलाको दोश्रो खेलमा आर्मीले गण्डकी प्रदेशमाथि २५–१८, २५–१२, २५–१५ को जित हात पा¥यो । आर्मीको ८ अंक भएको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको लिग प्रतियोगिताको पुरुष तर्फको खेलमा जित्नै पर्ने दवावका साथ कोर्टमा उत्रेको पुलिसले एपिएफमाथि ३–० को सोझो सेटमा बिजय पायो ।
पुलिसले २५–२२, २५–१३, २५–१५ ले एपिएफलाई हराएको हो । यसका साथ एक खेल हारेको पुलिसको १५ अंक भएको छ । पुलिसले फाईनलमा टिपटप हेल्प नेपाल र आर्मी मध्ये एकसंग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ ।
पुरुषतर्फकै गण्डकी प्रदेश भलिबल क्लब र दावाँली मिलन क्लबबीच भएको खेलमा गण्डकीले जित हात पा¥यो ।
गण्डकीले दावाँलीलाई २५–२१, २५–१५, २५–१६ ले जित हात पार्दै ३ अंक बटुल्यो । यस जितका साथ गण्डकीको ६ अंक भएको छ ।