टेबलटेनिसको एशियाड तयारी भारतमा
काठमाडौं । चीनको हाङझाउमा असोज ६ गतेदेखि हुने १९ औं एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणलाई भारत जाने ६ खेलाडीसहित ९ सदस्यीय टोलीलाई बिदाइ गरिएको छ ।
पुरुष खेलाडीमा संयोग कपाली, रुविन महर्जन र विलोश श्रेष्ठ तथा महिलामाम नविता श्रेष्ठ, सिक्का सुवाल श्रेष्ठ र इभाना थापा मगर रहेका छन् ।
प्रशिक्षकमा सन्जिवकुमार ढुंगेल र सन्ध्या शाक्य तथा व्यवस्थापकमा अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य रहेका छन् ।
टोली सोमबार भारत प्रस्थान गर्ने छ । टोलीले नयाँ दिल्लीस्थित अन्सुलगर्ग टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरी असोज २ गते स्वदेश फर्किने छ ।
सोही कार्यक्रममा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत टेबलटेनिसको विभिन्न स्पर्धामा पदक जित्न सफल १० खेलाडीलाई पनि सम्मान गरिएको थियो ।
पुरुषमा स्यान्टु श्रेष्ठले १ रजत र ३ कांस्य, शिवसुन्दर गोथेले १ रजत, विनेश खनियाँले १ रजत र १ कांस्य, पुरुषोत्तम वज्राचार्यले १ रजत र कांस्य तथा संयोग कपालीले १ रजत जितेका थिए ।
महिलामा नविता श्रेष्ठले २ कांस्य तथा रविना महर्जन, एलिना महर्जन, दीक्षा तामाङ र सिक्का सुवाल श्रेष्ठले १ कांस्य हात पारेका थिए ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


