काठमाडौं । शिअ उसु क्वान तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
शुक्रबार ४ स्वर्ण र ७ रजतसाथ शिअ समग्रमा टिम च्याम्पियन बन्यो ।
दोश्रो भएको काठमाडौं उसु क्वानले ४ स्वर्ण र ३ रजत जित्यो । तेश्रो स्थानको निन्जा उसु क्वानले समान ३–३ स्वर्ण-रजत हात पा¥यो ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे ।
नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको थाउलोतर्फ पुरुषमा पशुपति उसु क्वानका सागर खड्का तथा महिलामा कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।
सान्सौंको पुरुषमा काठमाडौंका निश्चल तामाङ तथा महिलामा शिअकी अस्मिता गाहा मगर उत्कृष्ट खेलाडी चुनिए ।
थालोमा शिअका ओमप्रकाश ओली तथा सान्सौंमा काठमाडौंका मिलन राई उदीयमान खेलाडी चुनिएका थिए ।