काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार पाँचौ हार व्यहोरेको छ ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा शुक्रबार किर्गिस्तानको 'बी' टोलीसँग पराजित हुँदै नेपालले पाँचौं हार व्यहोरेको हो ।
नेपालले आयोजक टोलीको 'बी' टिमसँग ३-२ को सेटमा हार व्यहोरेको हो ।
नेपालले पहिलो सेट २५-२३ ले जितेको थियो । दोस्रो सेट र तेस्रो किर्गिस्तानले २९-२७ र २५-२२ ले आफ्नो बनायो ।
चौंथो सेट नेपालले २५-११ ले जितेपछि खेल पाँचौं सेटमा पुग्यो । त्यसपछि पाँचौं सेट १६-१४ ले जित्दै किर्गिस्तानले खेल आफ्नो बनायो ।
नेपालले यस अघि ४ खेलमा लगातार हार व्यहोरेको थियो ।
नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो । यस्तै तेस्रो खेलमा इरानसँग पराजित भएको नेपालले चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।
काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।
अब नेपालले अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।