काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले अहिले कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा कुवेतविरुद्ध नेपालले एक गोल फर्काएको छ ।
खेलको ६८ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई ३-१ को स्थितिमा ल्याएका छन् ।
त्यसअघि खेलको ६५ औं मिनेटमा मोहमद अब्दुल्लाहले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाएका हुन्।
नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्स भित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो ।
खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले गोल गरे ।
यस्तै खेलको ४२ औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाएका थिए ।