काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नव निर्वाचित अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले लामो समयबाट हुन् नसकेको राष्ट्रिय लिग फुटबल तत्काल आयोजना गर्ने बताएका छन् ।
एन्फाको अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ, तपाईको योजनाहरु के छ ?
सर्वप्रथम प्रजातान्त्रिक तरिकाले निर्वाचन सम्पन्न भएको छ । सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । र, नेपाली फुटबल अहिले जुन अवस्थामा छ । हामीले गर्नु पर्ने धेरै छ । तर, सक्षम टिम मसँग रहेको छ । तुरुन्तै राष्ट्रिय लिग फुटबल आयोजना गर्ने छौ ।
अबको पहिलो कार्य के हो तपाईहरुको ?
एन्फामा आर्थिक, प्रसाशनिक नियमावली छैन । तीन महिनाभित्र त्यो नियम कानुन बनाउने छौ । लिग र ग्रासरुट फुटबलको कार्यक्रम यहिँ बर्ष सुरु हुन्छ ।
तपाईहरुको टिमलाई असहयोग त् हुन्न ?
त्यस्तो नहुन सक्छ किनकि पराजित साथीहरुलाई समेटेर जानुपर्छ । सबैलाई समेटर फुटबल अघि बढाउने छौ, खेलाडी र देशको शिर झुक्ने कार्य गर्दिन ।