उसुमा पहिलो दिन ३ खेलाडी छनोट
आइतबार, असार ३, २०८०खेलपाटी संवाददाता

काठमाडौं । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुद अन्तर्गत उसुका लागि भएको अन्तिम खेलाडी छनोट प्रतियोगिताको पहिलो दिन ३ खेलाडी छनोट भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताबाट थाउलोतर्फ छाङ छ्वानको पुरुषमा विजय सिन्जाली तथा महिलामा सुस्मिता तामाङ छनोट भए । सान्सौंको पुरुष ७० केजीमा पदम राई छानिए ।
छनोट भएका तीनै खेलाडी नेपाल आर्मीका हुन् ।
उसुमा पहिलो दिन ३ खेलाडी छनोट










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


