काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो लगातार दोस्रो जित निकालेको छ ।
मालेमा शनिबार राती भएको खेलमा बंगलादेशलाईलाई हराउँदै नेपालले आफ्नो तेस्रो खेलमा दोस्रो जित निकालेको हो ।
नेपालले बंगलादेशलाई ९०-६१ को फराकिलो अन्तरले हराएको हो । नेपालले चार वटै क्वाटर आफ्नो पक्षमा पारेको थियो ।
नेपालले पहिलो क्वाटर २५-२० ले आफ्नो पक्षमा पारेको थियो । बाँकी तीन क्वाटर पनि नेपालले जितेको थियो ।
बंगलादेशलाई हराएसँगै नेपालले सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको थियो । नेपालले दोस्रो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो ।
नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।
प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । दुई सेमिफाइनलका विजेताले २२ जुनमा फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।