काठमाडौं । मनास्लु र लालीगुराँस दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा मनास्लुले टिम समिटलाई १५–१० तथा आरपीएसलाई ९–५ ले पराजित गर्यो । लालीगुराँसले काठमाडौं इन्टरनेसनललाई ११–७ तथा माम्बालाई १२–५ ले हरायो ।
सोही स्पर्धामा स्वेता सदन, मार्कस ‘ए’, एसकेसी नेपाल ‘ए’, स्किब्स ‘बी’, दुभ, टुख्या, केआईएनएस, प्रकाश ‘बी’ र टाइम आउटले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगिताको ऋत एकेडेमीका प्रिन्सिपल आनन्दकुमार यादव र नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जीतकुमार राईले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।
प्रतियोगिताको ब्वाइजमा ९६ तथा गल्र्समा २४ गरी १ सय २० टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययन गर्न इच्छुकले छात्रवृत्ति पाउने छन् ।
विजेताले ७ हजार नगद पुरस्कारसहित १०० प्रतिशत छात्रवृत्ति पाउने छन् । उपविजेतालाई ५ हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । तेश्रोले ३ हजार ५ सय नगदसहित ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् ।
‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।