काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आज हिमालयन शेर्पा कमजोर देखिएको फ्रेन्ड्सविरिुद्व जित निकाल्दै तालिकाको पाँचौ स्थानमा उक्लिने योजनामा छ । यस्तै फ्रेन्ड्स पनि हिमालयन शेर्पालाई रोक्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
हिमालयन शेर्पा क्लब १४ अंक सहित छैटौ स्थानमा छ । फ्रेन्ड्स ५ अंक सहित १२ औ स्थानमा छ ।