काठमाडौं । प्रिन्स दाहाल र रशिला महर्जनले बिहीबार १६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
एपीएफ क्लबका प्रिन्स पुरुषतर्फ र त्रिभुवन आर्मी क्लबकी रशिला महिलातर्फ च्याम्पियन बनेका छन् ।
प्रिन्सले फाइनलमा आर्मी क्लबका रुकेश महर्जनलाई २१-११ र २१-११ ले पराजित गरे ।
महिलातर्फ रशिलाले एपीएफ क्लबकी जेसिका गुरुङलाई २१-१९,१५-२१ र२१-१७ ले पराजित गरिन् ।
पुरुष युगलको उपाधि एपीएफका प्रिन्स र विजित थापा मगरको जोडीले जिते ।
प्रिन्स र विजितको जोडीले पुलिसका जीवन आचार्य र बिष्णु कटुवालको जोडीलाई २१-१८ र २१-१५ ले हराए ।
महिला युगलको उपाधि आर्मीका रशिला र अनु माया राईको जोडीले एपीएफका जेसिका गुरुङ र सुनैना मुखियाको जोडीलाई २१-१६ र २१-१२ ले हराएर आफ्नो पोल्टामा पारे ।
मिक्स डबल्सको उपाधि एपीएफका प्रिन्स र जेसिकाको जोडीले एपीएफकै विजित थापा र सोभा गौचनको जोडीलाई २३-२१ र २२-२० ले हराएर आफ्नो बनाए ।
नेपाल एपीएफ क्लबको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा आयोजना भएको प्रतियोगिता अन्तर्गत यू-१९ ब्वाइजको उपाधि एपीएफका क्षितिज खनालले जिते ।
यू-१२ ब्वाइजको उपाधि आर्मीका रिजन मगरले जिते ।