काठमाडौं । फिफा महिला विश्वकप फुटबल -२०२३ अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त हुँदैछ ।
महिला विश्वकप आगामी जुलाई २० देखि अगस्ट २० सम्म हुनेछ ।
महिला विश्वकप सुरु हुन् अझै ५० दिन बाँकी छ । तर, टिकट बिक्री सुरु भईसकेको छ ।
अहिलेसम्ममा ८ लाख ५० हजार टिकट बिक्री भईसकेको फिफाले जनाएको छ ।
फिफाले महिला विश्वकपमा १.५ मिलियन टिकट बिक्री गर्ने योजना रहेको जनाएको छ ।
अष्ट्रेलियाको सिड्नी फुटबल स्टेडियममा उद्घाटन खेल हुनेछ । जसमा ४५ हजार ५०० दर्शक अटाउने छन् ।
'२०२३ महिला फुटबलका लागि ऐतिहासिक क्षण हुन गइरहेको छ,' फिफा महासचिव फात्मा समौराले भनेका छन् ।