काठमाडौं । इन्टरनेसनल उसु जजेज ट्रेनिङ तथा सर्टिफिकेसन कोर्समा सहभागी हुन उसुका ४ सदस्यीय निर्णायक टोली मंगलबार इन्डोनेसियाको बाली प्रस्थान गरेका छन् ।
मे ३१ देखि जुन ६ तारिखसम्म हुने कोर्सको थाउलोमा विनोद मारिक, विशाल थापा सिन्जाली र मन्जुर महर्जन तथा सान्सौंमा रतनबहादुर खातीले सहभागिता जनाउने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल उसु महासंघका अध्यक्ष समेत रहेका राखेपका सदस्य जनक बर्तौलालगायतले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।