र्याफ्टिङ टोली चीन जाने
शुक्रबार, ०८ असार २०७५खेलपाटी संवाददाता

ललितपुर । चीनको जियुआन र्याफ्टिङ महोत्सव अन्तर्गत हुने अन्तर्राष्ट्रिय र्याफ्टिङ क्लासिकमा स्पोर्ट्स कल्चर फेस्टिभलमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शनिबार चीनको गुइलिन प्रस्थान गर्ने भएको छ ।
जुन २७ देखि जुलाई १ तारिखसम्म हुने प्रतियोगितामा लिलबहादुर गुरुङ, जीवन मगर, प्रदीप मगर र सुनील गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा निमबहादुर मगर तथा अफिसियलमा शिव अधिकारी रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष शैलेश कर्माचार्यले एक कार्यक्रमबीच शुक्रबार बिदाइ गरे ।














-1764560243138-1764573362763.webp&w=3840&q=75)
