काठमाडौं । काठमाडौंका निश्चल तामाङ र मकवानपुरकी अन्जिता स्याङतान दोश्रो बागमती प्रदेश खेलकुदको उसुमा बिहीबार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
निश्चल पुरुष तथा अन्जिता महिलामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ८ रजत र २ कांस्यसाथ ललितपुर टिम च्याम्पियन बन्यो ।
५ स्वर्ण, ३ रजत र ५ कांस्य जितेको काठमाडौं दोश्रो भयो । तेश्रो स्थानको सिन्धुपाल्चोकले ५ स्वर्ण, २ रजत र २ कांस्य हात पारे ।
विभिन्न १२ जिल्लाका २ सय ५० खेलाडी २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । मकवानपुरले ३, रामेछापले २ तथा भक्तपुर, काभ्रेपलान्चोक र सिन्धुलीले १–१ स्वर्ण जिते ।