काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा विभागीय टिम आर्मीविरुद्वको खेलमा मनाङ मर्स्याङ्दी क्लबले अग्रता बनाएको छ । ललितपुरको एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफमा खेल सकिदाँ मनाङले १–० को अग्रता बनाएको हो ।
मनाङका लागि विशाल राईले खेलको ३१ औ मिनेटमा गोल गरेका छन् । मनाङविरुद्व मुख्य तीन स्ट्राईकर उतारेपनि आर्मीले गोल गर्न सकेको छैन ।
खेलको छैटौ मिनेटमा एडेलाजाले प्रहार गरेको बल आर्मीका किपर बिकेश कुथुले बचाएका थिए । २६ औ मिनेटमा आर्मीका नवयुग श्रेष्ठको हेडिङलाई मनाङका बिशाल श्रेष्ठले पन्च गरेर बाहिर फाले ।
पहिलो हाफको ईन्जुरी समयमा समेत आर्मीका जर्जप्रिन्सले प्रहार गरेको फ्रिकिकलाई मनाङका गोलकिपर बिशालले उत्कृष्ट बचाउ गरे ।
अन्तिम समयमा एक्लो प्रयास गर्दै मनाङका ओलावाले अफिजको गरेको प्रहारलाई विकेश कुथुले सुन्दर बचाउ गरिदिए ।
दुवै टोलीलाई उपाधि होड बलियो बनाउन जित आवश्यक छ । शीर्ष स्थानको मनाङको २१ अंक छ । आर्मी १७ अंक सहित तालिकाको चौथो स्थानमा छ ।