चितवन । दोश्रो प्रज्ञा स्मृति साईक्लिङ म्याराथन २०७९ अन्तर्गत पुरुष इलाइटतर्फ एपीएफका सुरज राना मगरले पहिलो स्थान हात पारेका छन् ।
निर्धारित ६५ किमि दुरी १ घण्टा ५४ मिनेट ३८ सेकेण्डमा पार गर्दै उनले उपाधि हात पारेका हुन् । उनी गत वर्षको विजेता समेत हुन् ।
उनले उपाधिसँगै नगद ५० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गरे । यस्तै नेपाल त्रिभुवन आर्मी क्लबका सुरेश भुजेलले १ घण्टा ५४ मिनेट ३८ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरी नगद ४० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।
पुरुषतर्फको तेश्रो स्थान अमेरिकी नागरिक केलेभ हब ब्याण्डले नगद ३० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र हात पार्न सफल भए । यस्तै काभ्रेका अच्युत कृष्ण खरेल र नेपाल आर्मीकै हिमाल थनेतले क्रमश चौथो र पाँचौँ स्थान हासिल गरे।
यसैगरी महिला इलाइटतर्फ काठमाडौंकी लक्ष्मी मगरले १ घण्टा ५७ मिनेट १७ सकेण्डमा दुरी पार गर्दै उपाधि हासिल गरिन् । उनी साउथ एसियन खेलकुदको गोल्ड मेडलिष्ट हुन् ।
प्युठानकी हुमी बुढा मगरले २ घण्टा ११ मिनेट ४५ सेकेण्ड निर्धारित दुरी पार गरि दोश्रो बनिन् । ईन्द्रकुमार तामाङ २ घण्टा २८ मिनेट ४४ सेकेण्डमा पादै तेश्रो बनिन् ।
यस्तै पुरुष मास्टरतर्फ हर्क लामाले निर्धारित दुरी १ घण्टा ५७ मिनेटमा पार गर्दै पहिलो स्थान हात पारेका थिए । भने विकास महर्जनले १ घण्टा ५७ मिनेट ५ सेकेण्डमा पार गर्दै दोश्रो र बाँकेका देव बहादुर बोहराले २ घण्टा ७ मिनेट १४ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हात पार्न सफल भए ।
यसैगरी पुरुष जुनियरतर्फ मोरङका किरण लिम्बुले १ घण्टा ५५ मिनेट ३९ सेकेण्डमा निर्धारित दुरी पारि गरि प्रथम भए । भने ललितपुरका अश्विन खत्रीले २ घण्टा १२ मिनेट ३ सेकेण्डमा सो दुरी पार गरि दोश्रो भए । यस्तै नवलपुरका सचिन सहनीले २ घण्टा २४ मिनेट २५ सेकेण्डमा पार गर्दै तेश्रो भए ।
यस्तै महिला जुनियरतर्फ सुनसरीकी विदिशा चौधरी पहिलो, बाँकेकी साया थापा दोश्रो र चितवनकी निति गुरुङं भईन् ।यसैगरी चितवन विशेष पुरुषतर्फ प्रनित थापा प्रथम, रोनिश कर्मचार्य दोश्रो र सन्दिप श्रेष्ठ तेश्रो भएका थिए । यस्तै महिलातर्फ मेरिना रानामगर पहिलो, जुना श्रेष्ठ दोश्रो र नीति गुरुङ तेश्रो भईन् ।
प्रतियोगितामा देशभरबाट ७० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
दिवङगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिका स्थापना भएको प्रतिष्ठानले साईकलिङ म्याराथनको आयोजना गर्दै आईरहेको छ । प्रतिष्ठानले आगामी वर्षबाट अन्य विधाका खेलकुद पनि थप गर्ने प्रतिष्ठानकी अध्यक्ष रेनु दाहाले जानकारी दिईन्।