काठमाडौं । नेपालकी अल्ट्रा धाविका सुनमाया बुढाले हङकङमा आयोजना भएको द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्जको उपाधि जितेकी छिन् ।
द नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धामा उत्रिएको सुनमायाले महिला ५० किमीतर्फ उपाधि जितेकी हुन् ।
उपाधि जित्ने क्रममा सुनमायाले निर्धारित दुरी ६ घण्टा १२ मिनेट २५ सेकेन्डमा पूरा गरिन् ।
सुनमायाले चीनकी मि लिङ छुलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । मिले निर्धारित दुरी ६ घण्टा ४६ मिनेट ३८ सेकेन्डमा पूरा गरिन् ।
तेस्रो भएको हङकङकी की छुङ वोङले ७ घण्टा १३ मिनेट २१ सेकेन्डको समय निकालिन ।
पुरुषतर्फ चीनका जिसहेङ शेन पहिलो हुँदा चीनकै गुमिन देङ दोस्रो र हङकङका हो चुङ वोङले तेस्रो स्थान हासिल गरे।