काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कार्यसमिति बैठक आह्वान गरेको छ । एन्फमा महासचिव किरण राईले १९ वटा एजेण्डा राख्दै कार्यसमिति बैठक आह्वान गरेका हुन् ।
एन्फाले फागुन १७ गते बुधबार बिहान ८ बजे कार्यसमिति बैठक बोलाएको छ । एन्फाको महत्वपुर्ण कार्यक्रमको रुपमा रहेको शहीद स्मारक ए डिभिजन लिगको पूर्व सन्ध्यामा कार्यसमिति बैठक बोलाईएको छ ।
एन्फाले यस सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु गर्ने तयारी गरेको छ ।
महासचिव राईले पठाएको एजेण्डामा थ्री नेसन्स कप आयोजनादेखि सिईओ, सहायक महासचिव लगायत कर्मचारी नियुक्ति लगायतका विषय समावेश छन् ।
हेर्नुस एन्फा बैठकका १९ वटा एजेण्डा :